समाचार सुन्नुहोस :
काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्। आइतबारको प्रदेश सभामा उनले विश्वासको मत पारित नहुने भएपछि राजीनामाको घोषणा गरेका हुन्। नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका थिए, तर दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि उनले मार्गप्रशस्त गर्न राजीनामा दिएका हुन्।
२०७९ पुस २५ मा मुख्यमन्त्री बनेका जम्कट्टेलले २०७९ चैत १० र २०८० फागुन २० मा दुई पटक विश्वासको मत लिएका थिए। हालको सत्ता समीकरण फेरिएपछि एमालेले समर्थन फिर्ता लिएको थियो। अब कांग्रेस सांसद बहादुरसिंह लामा मुख्यमन्त्री बन्ने भएका छन्। कांग्रेस र एमालेबीच लामालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ