Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आइतबार बिहान भेटवार्ता भएको छ। उनीहरूको भेटवार्ता माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सम्पन्न भएको हो।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने तयारी गरिरहेका छन्। प्रचण्ड र नेपालले भेटवार्तामा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णयलाई पुनः पुष्टि गरेका छन्। तीनै दलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीको नियुक्ति गलत भएको भन्दै यस विषयलाई संसद र सडकमा उठाउने योजना बनाएका छन्।

प्रचण्ड र नेपालको रणनीति ओलीलाई दुई तिहाई सांसद्को समर्थन जुटाउन रोक्नमा केन्द्रित छ। तर, कांग्रेस र एमालेसहित जसपा, नाउपा, जसपा नेपाल, लोसपा र दुई स्वतन्त्र सांसदहरूले ओलीलाई विश्वासको मत दिने तयारी गरेका कारण ओलीले आज संसदमा दुई तिहाई भन्दा बढी सांसदको समर्थन पाउने सम्भावना प्रबल छ।

 

 

तपाईको प्रतिक्रिया