समाचार सुन्नुहोस :
काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्। आज शनिबार बिहान द्वारिकाज होटलमा पुगेर उनले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। अर्थमन्त्री पौडेलले श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै भने कि उनको योगदान नेपालको पर्यटन इतिहासमा सदा अविस्मरणीय रहनेछ।
त्यस अवसरमा उनले श्रेष्ठका परिवारजनप्रति समवेदना पनि व्यक्त गरे। श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। उनी लामो समयदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहेकी थिइन् र उनको निधन ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भएको थियो।
श्रेष्ठको अन्त्येष्टि आजै पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाहगृहमा गरिने पारिवारिक स्रोतले जनाएको छ