Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएपछि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादीले आपसमा छलफल गरेका छन्।

शुक्रबार माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र रास्वपा सभापति रवि लामिछानेबीच कसरी अघि बढ्ने भन्ने विषयमा बैठक भयो। यी तीन दलसँग संसदमा कुल ६३ मत छन्। बैठकपछि माओवादी उपमहासचिव वर्षमान पुनले कांग्रेस-एमाले गठबन्धनलाई निरंकुशतातिर अघि बढेको आरोप लगाए।

उनले भने, ‘साना र मध्यम दलहरूलाई कमजोर पार्नुपर्छ भनेर लाग्नुभएको देखिन्छ। विगतमा संविधानमा तीन प्रतिशत थ्रेसहोल्ड राखिएको थियो। तर, अब बढाएर १० प्रतिशत र्पुयाउने भनिएको छ। सधैँ सबैको जनमत यही रहँदैन। मन्त्रीपरिषद्को बैठक लाइभ गर्नुपर्ने अवस्थामा निर्णय लुकाउनुपर्ने आवश्यकता के छ। जनतासँग लुकाउनुपर्ने के छ ? लाइभ क्याबिनेट बसेर के बिग्रिन्छ ?’

तपाईको प्रतिक्रिया