काठमाडौं – नवनियुक्त गृहमन्त्री रमेश लेखक पुल्चोकस्थित सरकारी निवासमा सरेका छन् । असार ३१ गते शपथ खाएका उनी आज विधिवत् सरकारी निवासमा सरेका हुन् ।
त्यसक्रममा धार्मिक परम्पराअनुसार वास्तुपूजा गरिएको थियो । पुरोहितबाट मन्त्रोच्चारण गरी गृहमन्त्री लेखकले पूजापाठ गर्नुका साथै राष्ट्रिय झण्डोत्तोलन पनि गरिएको छ ।