समाचार सुन्नुहोस :
काठमाडौँ – शुक्रबार भारतको पश्चिम चम्पारणको बगाहामा दुई जना व्यक्तिको शव फेला परेको छ। भारतीय एसएसबीले ती शव फेला पारेका हुन्। प्रहरीको आशंका अनुसार, ती शव २८ असारमा त्रिशूलीमा बेपत्ता भएका बसका यात्रु हुनसक्छन्।यद्यपि, ती शवको पहिचान भने अझै पुष्टि भएको छैन।
यसअघि, जिल्ला प्रशासन कार्यालयले त्रिशूलीमा बेपत्ता भएका बसका यात्रुलाई नदीले भारत पुर्याएको हुन सक्ने आशंकामा भारतीय सीमावर्ती जिल्लाहरूसँग समन्वय गरेको थियो। सोहीअनुसार आज एक जनाको शव भारतमा फेला परेको हो।
यदि यी शव २८ असारमा त्रिशूलीमा बेपत्ता भएका यात्रु हुन् भने हालसम्म २३ यात्रुको शव फेला परेको छ। उक्त दुर्घटनामा परी हालसम्म १४ जनाको पहिचान भएको छ भने ८ पुरुष र एक महिला गरी ९ शवको पहिचान हुन बाँकी छ।