Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज एक हप्ता पुगेको छ। अघिल्लो शुक्रबार बिहान वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका थिए।

दुवै बसमा ६५ यात्रु थिए। तीमध्ये ३ जनाले पौडिएर ज्यान जोगाए पनि बाँकी यात्रुहरू बेपत्ता भएका थिए। नदीमा बेपत्ता भएका यात्रुमध्ये हालसम्म २२ जनाको शव फेला परेको छ। त्रिशूली नदीमा बगेका शवहरू नारायण नदी हुँदै भारतसम्म पुगेको पाइएको छ। आज बिहान (शुक्रबार) नवलपरासीस्थित नारायणी नदीमा थप दुई जनाको शव फेला परेको छ, जसको पुष्टि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले गरेका छन्। यससँगै मृतकको संख्या २२ पुगेको छ।

उनका अनुसार, तीमध्ये १४ जनाको पहिचान भइसकेको छ भने ८ जनाको पहिचान हुन बाँकी छ। अझै ४० जना बेपत्ता छन्। खोजी कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, गोताखोरसहित ५ सय जना सोनार क्यामेरासहित निरन्तर खोजीमा खटिएका छन्।

 

 

 

तपाईको प्रतिक्रिया