समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा प्रति तोला दुई हजार रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रति तोला एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार एक लाख ४७ हजार पाँच सय रुपैयाँमा झरेको छ।
बिहीबार प्रति तोला एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि एक लाख ४६ हजार आठ सय रुपैयाँ तोकिएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि प्रति तोला ३० रुपैयाँको गिरावट आएको छ। बिहीबार प्रति तोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार आठ सय ३० रुपैयाँ निर्धारण गरिएको छ।