Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको बत्तीसपुतलीमा अवस्थित हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९२ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

श्रेष्ठ आफ्नो एक छोरी र दुई नातिहरूसँग बस्दै आएकी थिइन्। आफ्नो श्रीमान् द्वारिकादास श्रेष्ठको सपना पूरा गर्न उनले द्वारिकाज होटल सञ्चालनमा ल्याएकी थिइन्। सन् १९६४ बाट भवन निर्माणको काम सुरु भए पनि सन् १९७७ मा द्वारिकाज होटलको औपचारिक रूपमा दर्ता गराइएको थियो।

श्रेष्ठलाई गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, र स्पेनबाट गोल्डेन माइक लगायतका पदकहरूले सम्मानित गरिएको थियो।

 

तपाईको प्रतिक्रिया