समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्तापक्षको मुख्य सचेतकमा चयन भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा बर्तौलालाई सत्तापक्षको मुख्य सचेतकको जिम्मेवारी सुम्पिएका हुन्। बर्तौला यसअघि पनि नेकपा एमालेको सचेतक र प्रमुख सचेतकको भूमिका निर्वाह गरिसकेका छन्।