काठमाडौं – समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन कार्यदल बनाएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगरमा बसेको बैठकले मोर्चाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुलाई देशलाई पश्चगमनतिर फर्काउने प्रयास भएको निष्कर्ष निकालेको छ ।
समाजवादी मोर्चाको विगतको समीक्षा गर्न र आगामी योजना-कार्यक्रम बनाउन कार्यदल बनाएको छ । १५ दिनको समय दिइएको कार्यदलमा खड्गबहादुर विश्वकर्मा, प्रवेश हमाल, देव गुरुङ, गंगानारायण श्रेष्ठ छन् ।
नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्माका अनुसार बैठकमा महेन्द्र यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा आवद्ध बनाउने निर्णय गरेको छ । साथै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाललाई मोर्चामा ल्याउन पहल गर्ने निर्णयसमेत गरेको छ ।