Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालको पछिल्लो सत्ता परिवर्तनले देशभित्र मात्र नभई बाह्य शक्तिहरूलाई पनि आश्चर्यचकित बनाएको छ। विशेष गरी नेपालको राजनीतिमा सूक्ष्म तहमा संलग्न रहेका भारत र चीन यसपटक नराम्रोसँग अलमलमा परेका छन्। सत्ता गठबन्धन दुई तिहाई बहुमतसहित बनेपछि भारत र चीन दुवै देश अचम्ममा परेका छन्। यससँगै दुवै देशले राजनीतिक छलफललाई तीव्र बनाएका छन्। चीन केही सामान्य गतिमा छलफलमा सहभागी भइरहँदा भारत भने खुलेरै अघि आएको देखिन्छ, विशेषगरी नेपाली कांग्रेसको आगमनप्रति भारत खुसी देखिएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कांग्रेससँगको छलफललाई तीव्र बनाएका छन्। मंगलबारमात्रै, श्रीवास्तवले ओली सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गर्दै सहभागी उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र परराष्ट्रमन्त्रीको जिम्मेवारीमा आएकी आरजु राणा देउवासँग छुट्टा-छुट्टै भेटवार्ता गरेका छन्।

सिंहसँगको भेटलाई सामान्य मानिए पनि कांग्रेस सभापति शेरबहादुर देउवाको पत्नीसमेत रहेकी आरजुलाई भेटेसँगै केही प्रश्न उठेका छन्। विशेष गरी राणाको नियुक्तिप्रति भारतले निकै चासो दिएको देखिन्छ। सोमबार नै भारतीय विदेशमन्त्री एस. जयशंकरले खुसी साट्दै बधाई दिएका थिए।

प्रधानमन्त्री ओलीप्रति भारत केही सशंकित देखिन्छ। नाकाबन्दीको विरोध र चुच्चे नक्सा प्रकाशनमा भूमिका खेलेका ओलीप्रति भारत पूर्ण विश्वासमा छैन। यस्तोमा कांग्रेसका मन्त्रीलाई छानी-छानी भारतीय पक्षले गरेको भेटवार्ताले एमालेलाई केही सशंकित बनाएको छ। भारतको व्यवहारले ओलीलाई अप्ठ्यारो पार्न खोजिएको त होइन भन्ने प्रश्न पनि गठबन्धनभित्र उठाएको छ।

 

 

तपाईको प्रतिक्रिया