समाचार सुन्नुहोस :
काठमाडौँ – विश्वकै सबैभन्दा धनीमध्येका एक एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनावमा जिताउन महिनै पिछे ४५ मिलियन डलरको दान गर्ने भएका छन्।
वाल स्ट्रीट जर्नलका अनुसार, मस्कले राजनीतिक समूहमार्फत ट्रम्पको चुनावी अभियानलाई समर्थन गर्ने गरी दान गर्ने र प्रचारको काम गर्ने भएको छ। सो समूहले मत अदल बदल धेरै नै हुने राज्यमा ट्रम्पको पक्षमा चुनावी अभियान तीव्र बनाउन काम गरिरहेको छ।
यो समूहले क्यानडाका पूर्व अमेरिकी राजदूत केली क्राफ्ट, क्रिप्टो लगानीकर्ता टेलर र क्यामरन विङ्कलेभोस जस्ता कयौँ ठूला मतदातालाई पनि दान गरेको छ। सन् २०२४ को चुनावी अभियानको समयमा मस्क र ट्रम्पको मित्रता बढेको छ।