समाचार सुन्नुहोस :
काठमाडौँ – महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन्। प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछी पोखरेलले पदबाट राजीनामा दिएका हुन्।
महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि पोखरेललाई महान्यायाधिवक्ताको पदमा नियुक्त गरिएको थियो। तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको पत्र लेखेका कारण पोखरेल विवादमा तानिएका थिए।