समाचार सुन्नुहोस :
काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। मंगलबार, मन्त्री देउवासँग शिष्टाचार भेटघाट गर्न श्रीवास्तव परराष्ट्र मन्त्रालयमा पुगेका थिए।
मन्त्रालयका अनुसार उनीहरूबीच विभिन्न विषयमा विस्तृत छलफल भएको छ। नेपाल-भारत सम्बन्ध र सहकार्यका विषयमा पनि महत्वपूर्ण छलफल भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।
मन्त्री देउवा नियुक्त भएपछि भारतीय विदेशमन्त्री एस जयशंकरले ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए।