समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्। आइतबारको हमलापछि पहिलो पटक सार्वजनिकरूपमा देखिएका ट्रम्पको कानमा पट्टी बाँधिएको थियो। रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका लागि मिलवाउकी पुगेका ट्रम्प प्रसन्न देखिन्थे। उनको दाहिने कानमा ठूलो सेतो पट्टी बाँधिएको थियो।
हमलामा उनको कानलाई छुँदै गोली निस्किएको थियो।सम्मेलनमा उपराष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार जेडी वेन्स र पार्टीका सिनेटर बेरन डोनाल्ड्स पनि उपस्थित थिए। ट्रम्पसँगै उनका छोरा एरिक र डोनाल्ड जुनियर पनि थिए, साथै परिवारका अन्य सदस्यहरू पनि देखिएका थिए। राष्ट्रिय सम्मेलनमा वक्ताहरूले भाषण गरिरहँदा ट्रम्प मुस्कुराइरहेका थिए र बीच-बीचमा ताली बजाइरहेका थिए। उनी वेन्स र डोनाल्ड्सतर्फ फर्केर भाषणमा टिप्पणी गरिरहेका थिए।
आइतबार पेन्सिल्भेनियाको बटलरमा रिपब्लिकन पार्टीको चुनावी र्यालीमा ट्रम्प भाषण दिइरहेका बेला, एक २० वर्षीय युवकले उनलाई निशाना बनाएर गोली हानेका थिए। ट्रम्प मुस्किलले बच्न सफल भए। गोली उनको दाहिने कानलाई छुँदै निस्किएको थियो। हमलामा संलग्न म्याथ्यु थोमस क्रुक्सलाई पुलिसले गोली हानेर तत्कालै मारिदिएका थिए।