समाचार सुन्नुहोस :
काठमाडौँ – समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाले यो बैठक आयोजना गर्न लागेको हो।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीतिबारे छलफल गरिनेछ। समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी रहेका छन्।