Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री केपी ओलीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। संविधानको धारा ७६(३) अनुसार सरकार गठन हुनुपर्नेमा संवैधानिक व्यवस्थाविपरीत प्रधानमन्त्री नियुक्त गरिएको भन्दै यो रिट दायर भएको हो। ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन तीन जना कानुन व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अधिवक्ताहरू दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं, र शैलेन्द्रकुमार गुप्ताले सोमबार यो रिट निवेदन दर्ता गरेका छन्। कुन धाराअनुसार सरकार गठनको आह्वान गर्ने भन्ने विषय राष्ट्रपतिको विवेकको नभएर संविधानले नै स्पष्ट गरेको बाध्यात्मक विषय रहेको उनीहरूको दाबी छ।

रिटमा उल्लेख गरिएको छ कि वैधता गुमाइसकेको धारा प्रयोग गरी सरकार गठनको आह्वान गरिएको छ। रिटमा भनिएको छ, “एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था हो। संविधानको धारा ७६(२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधिसभा सदस्यको रूपमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए, र उनले विश्वासको मत नपाएपछि ७६(३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने संवैधानिक व्यवस्था हो। यसबाट बाहिर जान मिल्दैन।”

तपाईको प्रतिक्रिया