Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन्। सोमबार खानेपानीमन्त्रीको पदभार ग्रहण गर्दै उनले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएकाले लामो समय टिक्ने विश्वास व्यक्त गरे। उनले यो सरकार ‘डबल इन्जिन’को सरकार भएको उल्लेख गर्दै भने, “डबल इन्जिनको सरकारलाई पछाडि अर्को इन्जिनले साथ दिइरहेको छ, त्यसैले यो सरकार आफ्नो अवधि पूरै चल्नेछ।”

“यो सरकार लामो चल्नेछ, किनकि यो केपी ओलीको सरकार हो। डबल इन्जिनको सरकार छ, जुन एकदमै सुदृढ छ। हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ। यो सरकार आफ्नो अवधिसम्म चल्नेछ। डबल इन्जिनको सरकारलाई सफल बनाऔँ,” यादवले भने।

साथै, उनले मन्त्रालयका सचिव र कर्मचारीलाई सरकारलाई सफल बनाउन योगदान दिन आग्रह गरे।

तपाईको प्रतिक्रिया