समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावली निश्चित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बाल्कोटमा बसेको कोर ग्रुपको बैठकले सरकारमा जाने मन्त्रीहरूको छनौट गरेको हो।
एमालेले नेताहरु विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालयहरूको बाँडफाँडमा सहमति भएको थिय। जसअनुसार एमालेले आठवटा र कांग्रेसले नौवटा मन्त्रालय पाउनेछन्। प्रधानमन्त्री ओलीले सोमबार बिहान १५ जना मन्त्रीसहित सपथ ग्रहण गर्ने तयारी गरेका छन्।
बालकोटमा भएको छलफलमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए।