समाचार सुन्नुहोस :
काठमाडौँ – चितवनको भरतपुर नगरपालिका-२६ स्थित सिसावारमा थप एक जनाको शव फेला परेको छ। नारायणी नदीको किनारमा फेला परेको शव पुरुषको रहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
शवको पहिचान खुल्न बाँकी रहेको छ। सशस्त्र प्रहरीको नम्बर-१७ गणबाट खटिएको टोलीले शव फेला पारेर स्थानीय प्रहरीलाई बुझाएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार, भेटिएको छैटौं शव सिमलतालबाट बेपत्ता भएको दुई वटा डिलक्स बसका यात्रुहरुको हुनसक्ने आशंका गरिएको छ। रिजालले भने, ‘हामी पहिचान र पुष्टि गर्ने प्रयासमा छौं।’