Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका हुन्। ओलीले एमालेसहित नेपाली कांग्रेसलगायत दलहरूको समर्थनमा प्रधानमन्त्री पदको दाबी पेस गरेका थिए।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि, राष्ट्रपति पौडेलले सोही दिन संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री पदको दाबी पेस गर्न आह्वान गरेका थिए।

राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रमको तयारी गरेको छ। सोमबार बिहान प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ गराउन कांग्रेस र एमाले मन्त्री छनौटको तयारीमा रहेका छन्।

तपाईको प्रतिक्रिया