Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानले मृगौला पीडित पूर्व जनमुक्ति सेना सागर पन्धाकलाई उपचारका लागि आर्थिक सहयोग पठाएको छ ।

ताप्लेजुङ घर भइ हाल झापामा अबस्दै आएका पूर्व जनमुक्ति सेना सागरको दूबै मृगौलामा समस्या आएपछि केही बर्षदेखि झापास्थित अस्पतालमा उपचाररत छन् ।

मञ्च स्रोतका अनुसार उनको उपचारमा ठूलो धनराशी खर्च लाग्ने देखिएपछि उनकी श्रीमतीबाट सहयोगका लागि अनुरोध आएसंगै नेपाली प्रगतिशील मञ्च जापानले आर्थिक सहयोग संकलन गर्ने अभियान चलाएको थियो । जसअनुसार संकलित रकम १ लाख २९ हजार ५ सय रुपैंया मृगौला पीडित बिरामी सागरलाई पठाईएको हो । उक्त रकम नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेलले जेएमइमार्फत रेमिट्यान्स गरी नेपाल पठाएका हुन् । मानवीय सेवाका लागि भन्दै जेएमइले रेमिट्यान्स सेवा शुल्क मिनाहा गरेको बताईएको छ ।

जापानबाट पठाईएको रकम हस्तान्तरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ५ हजार र पार्टीको बिर्तामोड नगर कमिटीबाट २० हजार रुपैंया थप गरी जम्मा १ लाख ५४ हजार ५ सय रुपैयाँ शनिवार बिरामीको परिवारलाई बुझाइएको छ ।

बिरामीको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्ने क्रममा आङ्बोका साथै पार्टीका अर्का केन्द्रीय सदस्य राम राना लगायतको पनि उपस्थिति रहेको थियो ।***

तपाईको प्रतिक्रिया