Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – नवलपरासी पूर्वको गैँडाकोट–१० मा दुई जनाको शव भेटिएको छ। यी शवहरू सिमलताल घटनाका भएको अनुमान गरिएको छ तर प्रहरीले भने पुष्टि गरेको छैन। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुईवटा डिलक्स गाडी त्रिशूली नदीमा खसेका थिए।

शनिवार खोजी क्रममा पहिरो गएको स्थानबाट ५० किमि तल गोलाघाटमा २८ वर्षीय ऋषिपाल साहको शव भेटिएको छ। कागजातको आधारमा उनी भारतीय नागरिक रहेको पुष्टि भएको छ। साह नेपालमा काम गर्दै आएका थिए। गणपति डिलक्समा २९ जना सवार थिए। केही यात्रु बसबाट हाम फालेर बाँच्न सफल भए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारकर्मीहरूले बेपत्ता बस र यात्रुको खोजी कार्य जारी राखेका छन्।

तपाईको प्रतिक्रिया