समाचार सुन्नुहोस :
काठमाडौँ – सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भएकी र सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको शुक्रवार निधन भएको हो।
चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको थियो। उपचारको क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई चोहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पु¥याइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो।