Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आग्रह गरेका छन्। नयाँ प्रधानमन्त्री नियुक्त गर्ने विषयमा संविधानका धाराहरुबारे विवाद चलिरहेको अवस्थामा, उनले प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न ७२ घण्टाभित्र दाबी पेश गर्न आह्वान गरेका छन्।

संसदका दुई ठूला दलबीच एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ। कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरिरहेका छन्।

यसअघि सत्ता गठबन्धनले नयाँ सरकार संविधानको धारा ७६(३) अनुसार गठन हुनुपर्ने बताएको छ। हालको सरकार संविधानको धारा ७६(२) अनुसार बनेको र संसदमा विश्वासको मत लिँदा प्रधानमन्त्री अल्पमतमा परेपछि पुन: सोही धाराअनुसार नयाँ सरकार बन्न नसक्ने पुष्पकमल दाहाल नेतृत्वको गठबन्धनको तर्क छ।

 

तपाईको प्रतिक्रिया