Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन्। संसद बैठक समाप्त भएपछि प्रचण्ड राष्ट्रपति भेट्न गएका बारे नेकपा माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए।

प्रचण्डले राष्ट्रपतिलाई संविधानअनुसार नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गर्ने बताएका छन्। नेकपा माओवादी केन्द्रले संविधानको धारा ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने पक्षमा रहेको छ। राष्ट्रपतिले कानुनविद्सँग परामर्श गरेर सोहीअनुसार सरकार गठनको आह्वान गर्ने विश्वास सापकोटाले व्यक्त गरे।

शुक्रबार संसदमा विश्वासको मतको प्रस्तावमा प्रचण्डलाई ६३ मत समर्थन र १९४ मत विपक्षमा परेका थिए। तटस्थ एक मत रहेको थियो। संसदमा २५८ सांसद उपस्थित थिए।

तपाईको प्रतिक्रिया