Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जातजातिको नाममा आगो बाल्ने असफल प्रयास नगर्न चेतावनी दिएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्रीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न प्रयास नगर्न सुझाव दिए।

उनले संविधान संशोधनलाई अग्रगमनका लागि मात्र गर्नुपर्ने र पश्चगमनका लागि नगर्न स्पष्ट पारे। प्रधानमन्त्रीलाई अहिले अचानक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको विषयमा चिन्ता लागेको देखाउँदै, रोल्पाका लागि हतियार बोकेका मगरहरू कहाँ छन् भन्ने प्रश्न गरे।

सांसद भट्टराईले प्रधानमन्त्री दाहालका लागि हतियार बोकेका दलित युवाहरूको अवस्था पनि सोधे। साथै, आफ्नो स्वार्थ पूरा गर्नका लागि राष्ट्रियतालाई कमजोर बनाउन नहुने चेतावनी दिए। भट्टराईले भने, “प्रधानमन्त्रीज्यूलाई आज अचानक जाति, भाषा, धर्म, संस्कृति, मधेश, दलित, महिला सम्झनामा आएछ। तपाईंको लागि हतियार बोकेका रोल्पाका मगरहरू कहाँ छन्? तपाईंका लागि हतियार बोकेका तमाम दलित युवाहरू कहाँ छन्? खोज्नुभयो?”

उनले थपे, “दलितको नाममा, महिलाको नाममा, मधेसको नाममा आगो बाल्ने प्रयास असफल हुनेछ। यो देश जातजातिको सहअस्तित्वमा बनेको हो, यो कुरा याद गर्नुहोस्।”

तपाईको प्रतिक्रिया