समाचार सुन्नुहोस :
काठमाडौँ – देशमा मनसुन भित्रिएपछि शुरू भएको बाढीपहिरो लगायत विपद्मा परी हालसम्म १०१ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार, जेठ २८ गते बिहानदेखि असार २८ गते बिहानसम्म बाढीपहिरोमा परी १०१ जनाको मृत्यु, १०८ जना घाइते, र ६ जना बेपत्ता भएका छन्।
प्रभावित प्रदेशहरुमा कर्णाली, कोशी, गण्डकी, मधेश, बागमती, लुम्बिनी, सुदूरपश्चिम र काठमाडौं रहेका छन्। मृतकहरूको संख्यामा बाढीबाट २७, पहिरोमा ५०, र चट्याङबाट २३ जना समावेश छन्। बाढीपहिरोका कारण १०८ जना घाइते भएका छन्, जसको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।
बाढीपहिरोबाट रु ४१ लाख २० हजार बराबरको क्षति भएको छ। उद्धारका लागि ५०१ जना प्रहरी परिचालन गरिएको छ। तीनवटै सुरक्षा निकायको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको छ।