समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विज्ञप्ती जारी गर्दै महासचिव पद्मप्रसाद पाण्डेयले बिहीबार १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको जानकारी दिए ।
‘राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।