समाचार सुन्नुहोस :
काठमाडौँ – जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी संसदीय दल बैठकले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।
प्रतिनिधि सभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रचण्डले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी छ ।