समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालबाट चालु आर्थिक वर्षको ११ महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूले १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ विदेश लगेका छन्। यो तथ्यांक नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको हो।
यस विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा विदेश अध्ययनका लागि ८९ अर्ब १८ करोड रुपैयाँ खर्च गरिएको थियो। त्यस्तै, चालु आर्थिक वर्षको ११ महिनामा नेपालीहरूले विदेश भ्रमणका क्रममा ५८ अर्ब ६ करोड रुपैयाँ खर्च गरेका छन्।
प्रकाशित मिति: बुधबार, आषाढ २६, २०८१
प्रकाशित समय: २२:१५:२६