Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका दुई प्रमुख नेताहरूबीचको छलफल अहिले चलिरहेको छ।

कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रधानमन्त्रीले शुक्रबार संसदमा विश्वासको मत लिँदैछन्।

आज बसेको माओवादी संसदीय दलको बैठकले विश्वासको मतका लागि सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो। हाल प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एसको मात्र समर्थन रहेको छ।

तपाईको प्रतिक्रिया