Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले कुनै पनि अन्य देशको पीआर वा नागरिकता नलिएको स्पष्टिकरण दिएकी छिन्। आज सामाजिक सञ्जालमा एक भिडियो मार्फत उनले यो जानकारी दिएकी हुन्। युरोपियन देशको नागरिकता लिएको आरोपका कारण राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र पठाएको थियो। उनले आफू नेपालकै नागरिक रहेको र कुनै पनि अन्य देशको पीआर वा नागरिकता नलिएको बताइन्।

श्रेष्ठले भनिन्, “म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पीआर वा नागरिकता लिएकी छैन। ट्याब्लोइड सञ्चारमाध्यममा यो कुरा सीमित रहँदासम्म म जवाफ दिन आवश्यक ठानिनँ, तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकाले जवाफ दिएकी छु। आरोप अस्पष्ट छ र कुन देशको पीआर वा नागरिकता भनेर खुलाइएको छैन। यो पूर्णतः निराधार छ। म छानबिनमा पूरा सहयोग गर्नेछु।”

साथै, उनले आरोप लगाउनेको नियत र समयको विषयमा प्रश्न उठाउँदै युरोपियन देशको पीआर वा नागरिकता लिने प्रक्रिया बुझ्नेलाई यसबारे थप जानकारी दिन आग्रह गरिन्।

 

तपाईको प्रतिक्रिया