समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिनु संवैधानिक भएको बताएका छन्। काठमाडौंमा आयोजित खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा उनले यो कुरा बताए।
डा. कोइरालाले भने, ‘हामी कांग्रेस र एमाले मिलेर सरकार बनाउँदैछौँ र आलोपालो नेतृत्व गर्दैछौँ। प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने घोषणा गर्नुभएको छ, हामीले राजीनामा दिनुपर्छ भनेर केही अर्थ छैन। कोइरालाले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार बन्नेमा कुनै द्विविधा नरहेको बताए। उनले भने, ‘यसमा कुनै कन्फ्युजन छैन। धारा ७६ को २ अनुसार नै नयाँ सरकार बन्नेछ।’ धारा ७६ को उपधारा २ अनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भइसकेको छ