समाचार सुन्नुहोस :
काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरूले कांग्रेस–एमाले गठबन्धनविरुद्ध सबै माओवादी एक भएर लड्ने उद्घोष गरेका छन्।
काठमाडौँमा भएको ‘सहिद निरकुमार राईको छैटौँ स्मृति दिवस’ कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य माइला लामाले परिवर्तनलाई उल्ट्याउने चलखेल भइरहेको आरोप लगाए। उनले माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाए पनि आफूहरू क्रान्तिलाई निरन्तरता दिन अघि बढेको बताए।
लामाले देउवा–ओली गठबन्धनलाई दलाल पुँजीवादी व्यवस्थाको कारण देशलाई कमजोर बनाउन दोषी ठहराए। वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संसदीय व्यवस्थालाई अस्थिरताको मुख्य कारण ठहराउँदै त्यसको विकल्प खोज्नुपर्ने धारणा राखे।