Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ। मंगलबार दलका नेता तथा बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जारी गरेको विज्ञप्तिमा यो आग्रह गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘देशमा राजनीतिक स्थायित्व निर्माणका लागि केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पहलकदमीलाई आत्मसात गर्दै, बागमती प्रदेशमा पनि स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं। यसका लागि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्री शालिकराम जमकट्टेलको नेतृत्वको वर्तमान सरकारबाट हाम्रो पार्टीका पाँच जना मन्त्रीहरुले हिजो माननीय मुख्यमन्त्रीलाई भेटेर राजीनामा र समर्थन फिर्ता गर्ने औपचारिक जानकारी गराइसकेका छन्।’

साथै, बागमती प्रदेश सरकारलाई दूरगामी महत्व राख्ने निर्णयहरु नगर्न समेत आग्रह गरिएको छ। वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै, मुख्यमन्त्रीलाई शीघ्र राजीनामा दिई सहमतीय सरकार निर्माणको अभियानलाई समर्थन गर्न अनुरोध गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया