समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका सांसद एनपी साउदले गृहजिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाहरूका परिवारलाई क्षतिपूर्तिको व्यवस्था र विस्थापितहरूको पुनर्स्थापनाको माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय माग्दै, साउदले कञ्चनपुरमा बाढीले जीवन र धनको ठूलो क्षति भएको जनाउँदै केन्द्र सरकारले राहत र उद्धारका काममा ध्यान दिनुपर्ने बताए। साउदले बाढी नियन्त्रण र तटबन्ध निर्माणमा सरकारको ध्यान नपुगेकोले समस्या बढेको बताएका छन्।
उनले देशभर बाढी–पहिरोबाट ८० जनाको मृत्यु भएको जानकारी गराए, जसमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका केही व्यक्तिहरू र कृष्णपुर नगरपालिकाका एक बच्चा समेत परेका छन्।