समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट हटाएको छ। असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई जानकारी दिए।
झाका अनुसार, ढकाललाई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको छ। उनले साधारण सदस्यता भने कायम रहनेछ। तर, पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको रास्वपाका नेताहरूले जनाएका छन्।