Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुसले युक्रेनको राजधानी किभमा रहेको बाल अस्पतालमा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ। युक्रेनको राजधानी किभमा रहेको एक बाल अस्पताल लगायतका क्षेत्रमा भएको आक्रमणमा उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ । रुसको क्षेप्यास्त्र आक्रमणबाट किभको बाल अस्पताल ध्वस्त भएको छ ।

यस्तै, क्राइभी रिहमा भएको अर्को आक्रमणमा १० जनाको मृत्यु र ३१ जना घाइते भएका छन्। युक्रेनी सेनाले रूसले किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको जनाएको छ। बिस्फोटका कारण शहरका भवन हल्लिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आज विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया