Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले बुझाएको राजीनामा स्वीकृत गरेका छन्।

योसँगै प्रधानमन्त्री प्रचण्डको काँधमा १० वटा मन्त्रालयको जिम्मेवारी आएको छ। एमालेका मन्त्रीहरूको राजीनामा स्वीकृत भइसकेपछि प्रचण्ड अल्पमतमा परेका छन्। उनले असार २८ गते विश्वासको मत लिँदैछन्।

प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार, कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, खानेपानी, रक्षासहित स्वीकृत भएका दुई मन्त्रालयको कार्यभार आफैंले सम्हाल्ने भएका छन्।

तपाईको प्रतिक्रिया