Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – म्याग्दीको बेनी–दरबाङ सडक पहिरोका कारण ३ दिन अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ। बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गएको पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा धवलागिरि, मालिका र मंगला गाउँपालिकाको आवतजावत बन्द भएको थियो।

ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत भएपछि आजदेखि नियमित सञ्चालनमा आएको छ। पहिरोका कारण आवतजावत, निर्माण, खाद्यान्न ढुवानी र बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो।

म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले फापरखेत खण्डमा वैकल्पिक मार्ग खोज्न र पहिरोको दीर्घकालीन समाधान गर्न छलफल भइरहेको बताए। पहिरो फैलिएको क्षेत्रमा वर्षायाममा यातायात सेवा प्रभावित हुने गरेको छ।

तपाईको प्रतिक्रिया