Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन्। प्रहरीले दिएको जानकारी अनुसार आज बिहान साढे ६ बजे तुलसीपुर उपमहानगरपालिकामा रहेको नवदुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका महिलाहरूलाई बाघले आक्रमण गरेको हो।

घाइतेहरूमा तुलसीपुर–९ बेलुवाकी ४५ वर्षीया कमला केसी, ५२ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले यो जानकारी दिएका हुन्।

तीनै जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। आक्रमण गर्ने बाघ जङ्गलतर्फ भागेको प्रहरीको भनाइ छ।

 

 

तपाईको प्रतिक्रिया