Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द गरिने भएको छ। महालेखा नियन्त्रक कार्यालय (मलेनिका)का प्रवक्ता ओमप्रसाद रिजालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार, मलेनिका, प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने जानकारी दिएका छन्।

‘सोमबार मध्यरातदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्,’ रिजालले भने, ‘कानुनमै उल्लेख भएकाले यसवर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरिएको छैन। तर आज रातिदेखि बजेट भुक्तानी हुँदैन।’ संघ, प्रदेश, र स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग भइरहेका सबै खाता एक हप्ताका लागि बन्द हुने भएकाले, चालु आर्थिक वर्ष २०८०–८१ को बजेट भुक्तानी दायित्व आजसम्ममा पूरा गरिसक्नुपर्ने रिजालले बताए।

नियमावली अनुसार, आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षक बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन।अत्यावश्यक प्रयोजनका खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ।

 

 

 

तपाईको प्रतिक्रिया