Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – टोकियोकी वर्तमान गभर्नर युरिको कोइकेले लगातार तेस्रो पटक निर्वाचन जितेकी छन् । आइतबार सम्पन्न निर्वाचनमा ५६ जना उम्मेदवारहरू मैदानमा होमिएका बेला ७१ वर्षीया कोइके फराकिलो मतान्तरका साथ निर्वाचित भएकी हुन् ।

जापानको सबैभन्दा बढी जनसंख्या भएको सहर टोकियोकी पहिलो महिला गभर्नर पुनः निर्वाचित भएसँगै आगामी चार वर्षसम्म आफ्नो पदमा रहन सक्नेछन् । यस पटकको निर्वाचनमा कुल १ करोड १३ लाख ४९ हजार २ सय ७८ जना मतदातामध्ये ६०.६२ प्रतिशतले मतदान गरेका थिए । कुल खसेको मतमध्ये निर्वाचित कोइकेले २९ लाख  १८  हजार १५  प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी ४१ वर्षीय सिन्जी इसिमारुले १६ लाख ५८  हजार ३ सय ६३ पाइन् । अर्का उम्मेदवार रेन्होले भने १२ लाख ८३ हजार २ सय ६२ मत प्राप्त गरे ।विजयी भएपछि प्रतिक्रिया दिँदै कोइकेले आफ्नो ८ बर्से कार्यकालको उपलब्धिहरूलाई नगरवासीले उच्च मूल्यांकन गरेको बताइन् । ‘अहिले उच्च मूल्य र कमजोर येनका कारण अवस्था कठिन छ । समग्र रूपमा घट्दै गएको जन्मदरलाई सकारात्मक रुपमा सम्बोधन तथा डिजिटल ट्रान्स्फरमेसनसँग  कसरी अघि  बढ्ने भन्नेबारे विशेष योजनाहरूको कार्यान्वयन गर्ने तथा १ करोड ४० लाख नगरवासीहरूको जीवन र जीविकोपार्जनलाई निरन्तरता दिनेछौं,’ उनले अगाडि भनिन्, ‘ चुनावको दौडानमा मलाई धम्की र हेलाहरू प्राप्त भएको छ । यो मैले अनुभव गरेको सबैभन्दा कठिन चुनावी अभियान थियो । निर्वाचन प्रणालीसँग सम्बन्धित कानून परिमार्जनको आवश्यकता पनि छ ।’

७१ वर्षीय कोइके ह्योगो प्रिफेक्चरकी स्थायी बासिन्दा हुन् । कोइके २०१६ मा टोकियोको पहिलो महिला गभर्नर बनेकी थिइन् ।  उनले सन् २०२० मा दोस्रो पटक चुनाव जितिन् । उनको जित राजनीतिक रूपमा संघर्षरत प्रधानमन्त्री फुमियो किशिदा र उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का लागि राहत हुनेछ ।उदाहरणीय निर्वाचन (वेद काफ्लेबाट)
आइतबार सम्पन्न निर्वाचनका लागि स्कुल तथा कम्युनिटी हलहरूलाई मतदान केन्द्र बनाइएको थियो । नेपालको जस्तो प्रहरी प्रशासनको सुरक्षा नचाहिने भएर होला मतदान केन्द्रको वरपर प्रहरी देखिएनन् । न पार्टीका कार्यकर्ता देखिन्छन्, न कुनै होहल्ला जुलुस नै ।

जनताको दैनिक जीवनमा कुनै नकारात्मक प्रभाव नपार्ने गरी जापानका सबै निर्वाचन आइतबार बिदाको दिनमा मात्र गरिन्छन् । टोकियो महानगर (Metropolis, जापानीमा 東京都 तोक्यो तो) जापानका ४७ प्रिफेक्चर मध्येको एक हो । यसमा २३ वटा वार्ड (जापानीमा 区 -कु) २६ वटा सिटी (市 – शी), पाँच वटा टाउन (町 – छो अथावा माची), र आठ वटा गाउँ (村 – सोन वा मुरा) पर्दछन् । यी सबै वार्ड, सिटी, टाउन र गाउँका पनि प्रमुख र परिषद् हुन्छन्, जसको छुट्टै निर्वाचन हुने गर्दछ (जुलाई ७ तारिखका दिन) ।

टोकियोको मूल भूगोलमा सिमाना नजोडिएका टोकियोभन्दा हजार किलोमिटर दक्षिणसम्मको समुन्द्रमा फैलिएका इजु र ओगासावारा टापूश्रिङ्खलामा रहेका ३५ वटा जति टापू पनि टोकियो प्रशासन अन्तर्गत नै पर्दछन् । निर्वाचनमा २०१६ सालदेखि वर्तमान सम्मकी गभर्नर कोइके युरिको सहित ५६ जना उम्मेदवार चुनावी मैदानमा थिए । विपक्षी पार्टी Constitutional Democratic Party कि पपुलर महिला नेतृ Renho (रेन्हो) पनि प्रतिस्पर्धामा थिइन् । कोइके र रन्होले मात्र होइन हिरोसिमा प्रिफेक्चरमा अवस्थित आकिताकाता टाउनका पूर्व प्रमुख रहेका इसीमारू शिन्जीले पनि थोरै समयमा नै युवा मतदाता माझमा निकै पलपुर भएका  थिए । तर चुनावी नतिजा काेइकेकाे पक्षमा गयो ।

यहाँ उम्मेदवारका बारेमा जनतालाई जानकारी गराउनका लागि निर्वाचन कार्यालयले ठाउँ ठाउँमा पोस्टर टाँस्ने बोर्ड राखिदिएको हुन्छन् । त्यहाँ उम्मेदवारका प्रतिनिधिले पोस्टर टाँस्दछन् ।

तपाईको प्रतिक्रिया