समाचार सुन्नुहोस :
काठमाडौँ – विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान साढे ६ बजे जारी गरेको सूचनामा जलसतह बढ्दो क्रममा रहेको जनाइएको छ।
टेकुदोभानसम्मको नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।