Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकामा १, कोशी प्रदेशमा ११, मधेश प्रदेशमा २, बागमती प्रदेशमा २, गण्डकी प्रदेशमा १९, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु भएको छ।

बाढी र पहिरोमा परेर ५४ जना घाइते भएका छन्। कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जनालाई उद्दार गरिएको छ। बाढी-पहिरोबाट ७ जना बेपत्ता भएका छन्। १ सय २१ घर डुबानमा परेका छन्, ८२ घर, ४६ गोठ, ४१ पुल, १ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ।

१ सय ८८ पशु चौपाय मरेका छन् र १ हजार ५८ घर परिवार विस्थापित भएका छन्। प्रहरीले जोखिमका जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा सारेको छ।

 

 

तपाईको प्रतिक्रिया