Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन फिर्ता गरेको नेकपा एमाले आइतबारदेखि प्रतिपक्षी बेन्चमा बसेको छ। यसैगरी, जसपा नेपालले पनि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्दै प्रतिपक्षी बेन्चमा बसेको छ।

एमालेले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो, जसको जानकारी असार २१ गते संसद् सचिवालयलाई गराइएको थियो।

कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेको हो। अब अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसद्‌मा विश्वासको मत माग्ने तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया