Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – सप्तकोशीमा बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । दुई दिनदेखिको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि सबै ढोका खोलिएको हो ।

प्रहरीका अनुसार पानीको पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् । प्रतिसेकेन्ड नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ७० हजार क्यूसेक पानी बगिरहेको छ ।

पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरीका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए । यसअघि २०७६ असार २९ मा ब्यारेजका सबै ढोका खोलिएको थिए ।

तपाईको प्रतिक्रिया