Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लगातार वर्षाको कारणले हवाई उडानहरूमा असर पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबार रातिदेखि परिरहेको वर्षाको कारणले आन्तरिक उडानहरू प्रभावित भएका छन्। वर्षाले दृश्यता कम गराउँदा उडान र अवतरणमा समस्या आएको छ, कार्यालयले जनाएको छ।

मौसम प्रतिकूलताका कारण आइतबार बिहानको लागि निर्धारित अधिकांश आन्तरिक उडानहरू ढिलाइ भएका छन्। बिहान ६ बजेदेखि आन्तरिक उडानहरू ढिलाइ भइरहेको छ, कार्यालयले जानकारी दिएको छ। काठमाडौंबाट सुर्खेतका लागि तय भएको एउटा उडान भने रद्द गरिएको छ।

अन्तर्राष्ट्रिय उडानहरू भने नियमित रूपमा सञ्चालनमा छन्। शुक्रबार रातिदेखि देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेको छ।

 

 

तपाईको प्रतिक्रिया